
नारी बाटिका
काठमाडौँ -१३ वैशाख ।
हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भने आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
त्यस्तै आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार कोशी, गण्डकी र कर्णाली प्रदेश अन्तर्रगतका केही पहाडी भूभागका स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको मौसम विभागको पूर्वानुमान छ ।
साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहर चल्ने सम्भावना रहेकोले त्यस क्षेत्रका वासिन्दाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस