आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

सामुदायिक वनभित्रको ठेक्कामा रुख काट्ने क्रममा च्यापिएर एकको मृत्यु

२०८२ बैशाख १६, मंगलबार मा प्रकाशित ( १ साल अघि) ६१०८ पटक पढिएको
नारी बाटिका


मकवानपुर- १६ वैशाख ।

मकवानपुरको बागमती गाउँपालिका( ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखमा च्यापिएर एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामको इलाम नगरपालिका–९ घर भएका ४६ वर्षीय दिलकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाउनु भयो।

शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस