
काठमाडौं -१६ वैशाख ।
काठमाडौंको महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।
बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले श्रीमानसँग विवाद भएपछि उनले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् । आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।
आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएकी बिना श्रेष्ठको करिब २५ प्रतिशत शरिर जलेको छ । अहिले उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।
आगोले उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस