आज:  | Wed, 30, Apr, 2025

मन्त्रिपरिषद् बैठकको निर्णयबाट छ जना डिआइजी एआइजीमा बढुवा

१७ बैशाख २०८२, बुधबार ०६:२९ मा प्रकाशित ( ७ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


काठमाडौं- १७ वैशाख।

नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक डिआइजीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट वैशाख ११ गतेदेखि लागू हुने गरी उहरूहाँलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरूको मंगलबारदेखी पदस्थापन गरिएको जनाएको छ । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी हुनुहुन्छ।

यसअघि वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो,मा, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभागमा, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा मा खटाईएको छ ।

यसैगरी कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागमा अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा र केसीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा मंगलबारबाटै पदस्थापन गरिएको  हो।

सुचि हेर्न यहाँ क्लिक गर्नु होस

Baduwa

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस