आज:  | Wed, 30, Apr, 2025

सुक व.तामाङको हत्या अभियोगमा धादिङ गजुरीका सुमन सुनार पक्राउ

१७ बैशाख २०८२, बुधबार ०७:२५ मा प्रकाशित ( ६ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


धादिङ -१७ वैशाख।

वैशाख १२ गते विहान अ.५ः३५ बजेको समयमा धादिङ जिल्ला निलकण्ठ नगरपालिका ४ रायटारस्थितमा एक पुरुष  मृत अवसरमा भेटिएका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय धादिङबाट प्रटरी अधिकृतको कमाण्डमा टोली खटिई अनुसन्धानको क्रममा उक्त मृत पुरुष व्यक्ति धादिङको रुवप्भ्याली गाउँपालिका वडा न.ं ४ घर भई हाल धादिङवेशी बस्दै आएका वर्ष ५० का सुबा लामा तामाङ भन्ने सुक बहादुर तामाङ भएको प्रहरीले पुष्टी गरेको हो ।

घटना स्थल र घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछी जिल्ला प्रहरी कार्यलय धादिङले सुक्ष्म अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा धादिङको गजुरी गाउँपालिका न्यौपाने गाउँ ५ मा घर भई हाल धादिङको निलकण्ठ नगरपालिका ४ रायटार बस्ने २० वर्षीय सुमन सुनारले कुटपिट गरी निज सुक बहादुर तामाङको हत्या गरेको खुल्न आएको थियो ।

सुक बहादुर तामाङको हत्या अभियोगमा सुमन सुनारलाई घटनाको भोलीपल्टै पक्राउ गरी धादिङ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरीले आवाश्यक अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक तथा प्रहरी सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

साथै घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस