आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

क्यानडाको निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टी विजयी

२०८२ बैशाख १७, बुधबार मा प्रकाशित ( ११ महिना अघि) १०२३१ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

सोमवार क्यानडामा भएको संसदीय निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टी विजयी भएको छ। मार्क कार्नीको लिबरल पार्टीले ४५ औं संघीय चुनावमा अल्पसंख्यक सरकार गठन गर्न पर्याप्त सिट जितेर सफलतापुर्वक सत्तामा जित हाँशिल गरेको हो।

प्रधानमन्त्री रहने अपेक्षा गरिएका कार्नीले ओटावाको नेपियन राइडिङमा पहिलो पटक संसदमा सिट जित्ने अनुमान गरिएको त्यहाँका सन्चारमाध्यमले जनाएको छ।

ओटावा नदीको क्युबेक छेउमा रहेको हल–एल्मरको राइडिङमा सभामुख ग्रेग फर्गसले प्रारम्भिक विजय हासिल गरेका छन्। जसको प्रभावले
दक्षिणका छिमेकी राष्ट्रहरू पुनः सहयोगी मित्र राष्ट्र बन्ने उनको अनुमान छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस