आज:  | Fri, 02, May, 2025

अंशवण्डाको झगडामा देउरानीको बाउसो प्रहारबाट जेठानीको अवस्था गम्भीर

१९ बैशाख २०८२, शुक्रबार ०६:४३ मा प्रकाशित ( २१ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


मुगु १९ वैशाख ।

मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा देउरानीले प्रहार गरेको घरेलु हतियार बाउसोले लागेर जेठानीको अवस्था गम्भीर रहेको छ ।

जग्गा विवादका कारण झगडा हुँदा देउरानी बिमला बुढाले जेठानी दुर्गा ऐडिलाई टाउकोमा घरेलु हतियार बाउसो प्रयोग गरी घाइते बनाएको मुगु प्रहरीले जनाएको छ । घाइते दुर्गा ऐडिको टाउको र अनुहारमा गहिरो चोट लागेको जनाइएको छ ।

सोही गाउँस्थित कुनिउखात भन्ने स्थानको जग्गा तीन भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको आफ्नै ससुरा बाचुराम ऐडिले प्रहरीलाई जानकारी दिएका थिए ।

जग्गा विवादका कारण झगडा हुँदै जाँदा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडिलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको थिईन् । झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मुगु प्रहरीले देउरानी बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालीएक जनाएको छ । देउरानीको प्रहारबाट गम्भीर घाइते भएकी जेठानी दुर्गाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरी उपचार भइरहेको बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस