आज: २०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

भारतको केआईआईटी विश्वविद्यालयको छात्रावासमा फेरी अर्की नेपाली छात्रा मृत फेला

२०८२ बैशाख १९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२३०८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ वेशाख ।

भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा फेरी अर्की एक नेपाली विद्यार्थी पनि मृत भेटिएकी छिन्। बारा सिम्रौनगढकी घर भएकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४)को चौथो तलामा रहेको आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

फागुन ४ मा जस्तै सोही विश्विवद्यालयको छात्रावासमा वेलुकी साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक ढोका खोलीभित्र पसेर हेर्दा उनी मृत भेटिएको बताइएको छ। विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार वेलुकी नै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको थियो ।

गत फागुन ४ मा पनि सोही विश्विवद्यालयमा अध्ययनरत रुपन्देही घर भएकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस