आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ वीओपी स्थापना

२०८२ बैशाख १९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १४५४० पटक पढिएको
नारी बाटिका


धादिङ १९ वैशाख ।

उत्तरी धादिङ्गको रुवि भ्यालि गाउँपालिका( १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको वीओपी स्थापना गरिएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार एक कार्यक्रमको साथ सो स्थानमा वीओपीको उद्घाटन गर्नु भएको हो ।

जिल्ला सदरमुकामबाट ७०।७५ किलोमटर टाढा र २२ सय मिटर उचाईमा रहेको यस रुवीभ्याली गाउँपालिकामा तत्काललाई विओपी सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा संचालित रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ।

स्थापना कार्यक्रममा कृषि तथा पशुपंन्छि विकास मन्त्री रामनाथ अधिकारी,प्रतिनिधि सभा सांसद टेक बहादुर गुरुङ्ग,गृह सचिव गोकर्णमणि दुवाडि, सशस्त्र प्रहरी माहनिरीक्षक राजु अर्याल,रुवीभ्याली गाँउपालिकाका प्रमुख राम सिंह तामाङ्ग,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरिक्षक दीपेन्द्र शाहीको उपस्थित थियो ।

यसैगरी कार्यक्रममा राष्ट्रिय अनुसन्धान उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायत वडा अध्यक्ष तथा स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।
यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, गोरखाको साम्दो,रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बामा स्पना भएको छ ।

यसैगरी दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलामा बिओपी स्थापना भइसकेको छ । साथै छिमेकी मुलुक चीनतर्फको सीमाना क्षेत्रमा पनि ११ र भारततर्फको सीमानामा २ सय ४४ गरी जम्मा २ सय ५५ वीओपी स्थापना भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस