आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

मौसम सम्वन्धि खबर : पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

२०८२ बैशाख २०, शनिबार मा प्रकाशित ( ७ महिना अघि) ७९९९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ।

हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पछिल्लो समय देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू९भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू९भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

आज कोशी प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थान तथा बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू(भागका केही स्थानहरुमा हल्का वर्षाको साथमा हिमपातको सम्भावना छ।

शनिबार राती पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश,बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनेछ ।

त्यस्तै साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू(भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। पहाडी भू(भागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू(भागका एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस