आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ अध्यक्ष शर्मा

२०८२ बैशाख २०, शनिबार मा प्रकाशित ( १२ महिना अघि) ८७४३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० वैशाख।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको बताएकी छन् ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रभातफेरीमा अध्यक्ष शर्माले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

शर्माले भन्नु भयो , ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु पनि हामीले उल्लेख गरेका छौ यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ । अगाडि बसेर काम गर्ने पत्रकारहरुको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’

यस्तै, पत्रकार माथि दुरव्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।

पछिल्लो समयमा विश्भर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएको हो की भन्ने बारेमा पनि महासंघले एक खालको छलफल गर्ने तयारी भइरहेको उनले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस