
नारी बाटिका
मकवानपुर-२० वैशाख।
मकवानपुरको हेटौँडामा जमिन भासिँदा सोही खाल्डोमा रोकिराखेको बोलेरो दबिएर गायब भएको छ । खाल्डोमा बोलेरो दबिएर गायब भएपछी चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् ।
यो घटना हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो गायब भएको हो । चालक हरि राई र सहचालक भने बोलेरो भासिनुअघि नै निस्किएर भागेका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
त्यस स्थानमा पानी निकाल्नको लागि बोरिङ खनिएको थियो । पानी ननिस्किएपछि त्यसै छाडिएको उक्त खाल्डोमा गाडी दबिएको स्थानीय बताएका छन्।
घटना शुक्रबार साँझ ५ बजेतिर भएको थियो । तर केहीबेरअघिसम्म,बोलेरो निकाल्न सकिएको छैन । केहीबेर अघिसम्म मोटर चलाएर पानी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस