आज:  | Sun, 04, May, 2025

वर्षाका कारण गाडी चिप्लिन थालेपछि नारायणघाट–बुटवल सडक बन्द

२१ बैशाख २०८२, आईतवार ०८:१५ मा प्रकाशित ( ९ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


धादिङ -२१ वैशाख।

केही दिनदेखीको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने सडकखण्डमा केही दिनदेखी भइरहेको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनु भयो।

गएरातिदेखि परेको वर्षाका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

उक्त सडक क्षेत्रमा सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने क्षेत्रतर्फ दैनिक रूपमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सडक पूर्णरूपमा बन्द गरिँदै आएको छ।

रातिदेखि नै बन्द भएपनी यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको जामले लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस