आज:  | Sun, 04, May, 2025

श्रीमती मार्न ४ लाखको सुपारी समयमा काम फत्ते नहुँदा पैसा फिर्ताको दवाबले श्रीमानकै हत्या

२१ बैशाख २०८२, आईतवार १८:०९ मा प्रकाशित ( १0 घण्टा अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


धादिङ २१ वैशाख।

धादिङको गजुरीका ६० वर्षीय चुडामणि कँडेलको हत्या भएको छ । समयमा काम फत्ते नहुँदा श्रीमती मार्न दिएको पैसा फिर्ता गर्न दवाब दिएपछी श्रीमानकै हत्या भएको हो । गजुरी गाउँ पालिका वडा नम्बर २ डुँडेठाँटीका कँडेलले श्रीमतीको हत्या गर्नका लागी चार लाखको कबुल गरी सुपारी वापत कबुल रकम अग्रिम दिएका थिए ।

घटना गत ०८१ चैत २४ गते बेलुका कँडेलले श्रीमतीको हत्या गर्नका निमित्त खटाएका तिनजनाबाट कँडेललाई नै आफ्नै दुई तले घरको भुईतलाको कोठा भित्र रहेको एटेच ट्वाइलेट बाथरुम भित्रको भुँईमा घाँटीमा डोरी कसिएको अवस्थामा मृत लास फेला परेका हुन् ।

कँडेलको हत्यामा संलग्न रहेकाहरु पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनु भयो ।

कँडेलको हत्या गरी फरार रहेका प्रजालाई प्रहरीले यहीँ वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो । त्यस्तै थिङ र मुक्तान भने वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन् । मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुवालबिच राम्रो सम्बन्ध थिएन । उनीहरू श्रीमान श्रीमतीमा सामान्य बोलचाल समेत बन्द थियो ।

आफ्नी श्रीमतीबिचमा राम्रो सम्वन्ध नभएपछी कँडेलले श्रीमतीलाई मार्ने योजना बनाए । उनले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिएका थिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शाहीले जानकारी दिनु भयो ।

त्यसपछी उनीहरू ३ जनाले सुस्मितालाई मार्न पटक–पटक प्रयास गरे । तर, उनीहरूको योजना कहिल्यै सफल हुन सकेन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाएका थिए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न दवाब दिँदै काम गर्न नसक्ने भए आफ्नो रकम फिर्ता गर्न ताकेता दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरू ३ नै जनाले स सल्लाह गरी कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि योजना अनुसार उनको घरमा पुगेर हत्या गरे । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ ।

त्यस्तै, प्रजाको कोठाबाट कँडेलले सुपारी वापत दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।

अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि प्रहरीले फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस