आज:  | Mon, 05, May, 2025

दुई दिनदेखि बेपत्ता टण्डन ‘हाइटेन्सन लाइन’को खाल्डोमा मृत भेटिए

२२ बैशाख २०८२, सोमबार १८:२२ मा प्रकाशित ( ८ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बुटवल २२ वैशाख ।

बुटवलको कालिका पथको होराईजन चोक नजिक हाईटेन्सन वालभित्र खसेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगर बस्ने का २० वर्षीय गोपाल टण्डन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनु भयो ।

टण्डनको अर्धनग्न अवस्थामा शव भेटिएको थियो । शनिबार साथीहरुसंगै नुवाकोट गएका उनी दुई दिनदेखि घरमा सम्पर्क बिहिन भएपछि खोजतलासका लागि प्रहरीमा घर परिवारले निवेदन समेत दिएका थिए ।

लु ४८ प ३१७० नम्बरको मोटरसाइकल शनिबार राति बुटवल ११ कालिका पथमा विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको डिएसपी कार्कीले बताउनु भयो। उनी मोटरसाइकलसंगै उछिटिएर पोलमा ठोक्किएर झाडीमा गएका टण्डनको शव सोमबार बिहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटना शनिबार रातिको हो, विद्युतको हाइटेन्सको पोलमा ठोक्किएर झाडीमा गएकाले आज बिहान मात्रै हामीले थाहा पाएका थियो । टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस