आज:  | Tue, 06, May, 2025

एआईजीमा बढुवाका लागि आठजना डिआइजीको आवेदन

२३ बैशाख २०८२, मंगलवार १६:१९ मा प्रकाशित ( १0 घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -२३ वैशाख।

सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि आठ जना नायव महानिरीक्षकले आवेदन दिएका छन् । गत वैशाख १४ गते बढुवा समितिको सचिवालयले सात दिनको समय दिएर आवेदन दिन आह्वान गरेको थियो ।

आवेदन भर्नेमा डिआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीसहित ८ जना रहेका छन । अन्य डिआईजीहरुमा लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, सशस्त्र प्रहरी बलको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआईजीको लागि आवेदन दिएका छन् ।

३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएसँगै रिक्त एक पदमा बढुवाको लागी माग भएको हो । बढुवा भए
अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्न सक्ने सम्भावना भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको हो ।

विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा गएपछि हालका एआईजी नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजीपी बन्ने छन ।

आवेदन भर्ने आठ जनामध्ये गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको गत पुस २२ गते मात्रै एक वर्ष म्याद थप गरिएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२० उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)को सिफारिसमा पर्ने गर्दछन् ।

नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो । उनीहरू एआईजीमा बढुवा नभए आगामी २१ पुसमा डीआईजीबाटै अवकाशमा जानेछन् ।

त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति सबैभन्दा सिनियर एआईजी हुनेछन् । संगठन प्रमुख बन्ने सम्भावना बलियो हुनेछ । जसका कारण अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएपछि बढुवा निकै सकसपूर्ण बनेको छ ।

यो अवस्थामा सि.सं.१, २ का टोलीसमेत आईजीपी बन्ने अवस्था नभई पदावधिकै कारण अवकाशमा जानु पर्ने भएकाले सि.सं.१ को टोलीले पनि यो बढुवालाई महत्वको साथ लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस