आज:  | Sat, 10, May, 2025

शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट, अस्पतालमा उपचार हुँदै

२६ बैशाख २०८२, शुक्रबार २२:४३ मा प्रकाशित ( १२ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


सिरहा २६ वैशाख दन ।

सिरहामा निजि बिद्यालयका एक शिक्षकले विद्यार्थीलाइ पिटेर घाईते बनाएका छन् । सिरहा जिल्लाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्यनरत विद्यार्थीलाई निर्घात कुटपिट घाईते भएका हुन् ।

नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय अभिनाश यादव घाइते छन् । शिक्षक गुप्ताले यादवलाई मरनासन्न हुनेगरी कुटपिट गरेका थिए। कक्षाकोठामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठाको रुममा थुनेर बाँसको लाठीले निर्घात कुटपिट गरेको परिवारजनले जनाएको छ।

शिक्षकको कुटाईबाट उनको शरीरको अधिकांश भागमा चोट लागेको छ। कुटपिटबाट घाइते भएका विद्यार्थीको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले बताउनु भयो ।

प्रहरीका अनुसार विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। कुटपीटमा संलगन शिक्षकमाथि कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

कुटपिट गर्ने शिक्षकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीका अभिभावकले शिक्षकमाथी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस