आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

कपडा किनिदिने बहानाले रक्सौल लगी यौनधन्दामा लगाउने युवती पक्राउ

२०८२ बैशाख २९, सोमबार मा प्रकाशित ( ८ महिना अघि) १०१०७ पटक पढिएको
नारी बाटिका


पर्सा -२९ वैशाख ।

कपडा किनिदिने बहाना बनाउँदै अनेक प्रलोभनमा पारी नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाउने एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेको प्रहरीले जनाएको छ।

बालिकालाई बिहार रक्सौलको एक होटलममा लगेर यौनधन्दामा लगाउने  खातुनलाई यही वैशाख २७ मा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

प्रहरी उपरीक्षक मिश्रका अनुसार वैशाख २१ गते ति नाबालिकालाई नयाँ कपडा किनिदिने प्रलोभनमा पारी खातुनले भारत तर्फ लगेकी थिइन्। खातुनले बालिकालाई बिहार रक्सौलको एक होटलममा लगेर यौनधन्दामा सामेल गराएको खुलेको छ ।

प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा ती नाबालिकालाई उद्धार गरी नेपाल ल्याएको छ। खातुनले यसअघि पनि नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा संलग्न गराउने कार्य गर्ने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको हो।

पर्सा पहरीले मानव तसकरीमा संलग्न खातुनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान थालिएको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस