आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

गिरुवारी खोलाको पुल भाँचिएपछी नारायणगढ–बुटवल सडक अवरुद्ध

२०८२ बैशाख ३०, मंगलबार मा प्रकाशित ( १ साल अघि) ८९९१ पटक पढिएको
नारी बाटिका


नवलपरासी ३० वैशाख ।

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको (बर्दघाट सुस्तापूर्व)नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।

उक्त स्थानको पुल गएराति भाँचिएको हो। गुड्दै गरेका सवारी साधनहरु उक्त पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले बताएको छ। लोड सामान बोकेको ट्रकले पुल पार गर्दै गर्दा पुल भाँचिएको थियो।

लोड सामान बोकेको सोही ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा पुलको केही भाग तल दबिएको छ भने पुलको छेउछाउमा पनि चर्किएको ट्राफिक प्रहरीले जनाएको छ। ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्ने÷नसक्ने यकिन हुने ट्राफिक प्रहरी कार्यलय नवलपरासीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस