आज:  | Tue, 13, May, 2025

स्थानीय तहमा मानव अधिकार र लोकतन्त्रको विचार विमर्श कार्यक्रम

३० बैशाख २०८२, मंगलवार ११:५२ मा प्रकाशित ( १५ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


धादिङ- ३० वैशाख।

नेपाल मानव अधिकार संगठन धादिङको आयोजनामा स्थानीय तहमा मानव अधिकार र लोकतन्त्रको विषयमा विचार विमर्श कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रमलाई संम्वोधन गर्नु हुंदै कार्यक्रमका प्रमुख अतिथी एव् वागमती प्रदेशका साँसद गोविन्द प्रशाद लम्साललले मानवअधिकार हनन् हुन नदिन र नागरिकका हक अधिकारको सुनिश्चित गर्न आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सोमवार धादिङवेसीमा आयोजित कार्यक्रममा मानव अधिकार शिक्षा जिल्लामा मानव अधिकारको वर्तमान अवस्था तथा स्थानीय तहमा मानव अधिकार सम्बन्धी नीति, निर्माण र कार्यान्वयनका चुनौतीबारे कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा नेपाल मानव अधिकार संगठन केन्द्रीय समितिका सभापति ईन्द्र अर्यालले वर्तमान अवस्थामा स्थानिय सरकारले मानव अधिकार हनन हुन नदिन न्यायिक सहभागिता सुनिश्चित गरिनु र्ने बताउनु भयो । कुनै व्यक्तिलाई सर्वसाभारणले कुटपिट गरे अपराध हुने र सरकारले गरे मानव अधिकारको हनन् हुने भन्दै सरकार मानव अधिकार पालना गराउने निकाय हो भन्नु भयो । केन्द्रिय समितिका सभापति तथा वरिष्ठ अधिवक्ता अर्यालले देशभरमा मानव अधिकारको अवस्था, नीति निर्माण र कार्यान्वयन सुदृढ पार्न जिल्ला कार्यसमिति मार्फत यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो।नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारीले स्थानीय तहमा मानव अधिकार सम्बन्धी नीति, निर्माण तथा मानव अधिकार मैत्री कार्यक्रम सञ्चालनको अवस्था र त्यसमा देखिएको चुनौतिबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।त्यस्तै, नीलकण्ठ नगरपालिका वडा नं। ४ का अध्यक्ष हरि श्रेष्ठले मानव अधिकारसम्बन्धी कार्यक्रम शहरी क्षेत्रमा मात्र सिमित हुँदा ग्रामीण भेगमा अझै चेतना अभाव देखिएको र यसले गम्भीर मानव अधिकार हननलाई निम्त्याइरहेको धारणा राख्नु भयो।कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य गोविन्द लम्साल, नेपाल मानव अधिकार संगठन केन्द्रिय समितिका कोषाध्यक्ष टिका डागी, सदस्य बिप्लव भट्ट, मधुसुधन उपाध्याय,, पत्रकारहरु लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा ग्रामीण भेगमा मानव अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै नीति निर्माण र कार्यान्वयनमा स्थानीय तह तथा सरोकारवालाको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउनु पर्ने निष्कर्ष सहित कार्यक्रम सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस