आज:  | Wed, 14, May, 2025

वैदेशिक रोजगारीमा ठगी गर्ने २ कम्पनीमा विभागद्वारा छापा

१ जेष्ठ २०८२, बुधबार १३:०९ मा प्रकाशित ( १0 घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३१ वैशाख ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.को कार्यलयमा छापा मारेको छ । विभागको सिफारिसमा कामदारलाई ठगी गर्नेहरू विरुद्ध आक्रामक कारबाही गर्ने नीति लिएसँगै विभिन्न कम्पनीमा छापा मारी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको हो ।

वीरगञ्जका राजनकुमार बैठालाई कामदार भिसामा युरोप लैजान्छु भनी पैसा ठगेको आरोप लागेपछि विभागले कन्सल्ट सर्भिस प्रा.लि.मा छापा मारेको वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्र पौडेलले जानकारी दिनु भयो ।

पछिल्लो समय नयाँ महानिर्देशक कमलप्रसाद भट्टराई आएपछि वैदेशिक रोजगार सम्बन्धी समस्याको समाधान गर्न, अनुगमन, श्रम स्वीकृति, वैदेशिक रोजगार ठगी, विद्युतीय सुशासन एवम् थुप्रै आन्तरिक सुधारका कामहरू अघि बढेको पाईएको छ । महानिर्देशक भट्टराइकै पहलमा विभिन्न कारबाही हुने क्रम जारी रहेको निर्देशक पौडेलले बताए ।

कारबाहीको क्रममा युरो अमेरिका सपोर्ट एन्ड वल्र्ड वाइड कन्सल्ट सर्भिस प्रा.लि.बाट १ लाख ९ हजार रुपियाँको जरिवाना समेत असुल गरी सम्वन्धित पिडितलाई फिर्ता गराएको छ । अख्तियारको सहयोगमा विभागको सक्रियताबाट आफूले पैसा फिर्ता पाएको भन्दै पीडितले खुशी व्यक्त गर्न थालेका छन्।

यसैगरी अख्तियार कै सहयेगमा विभागले वैदेशिक रोजगार ठगीको आरोपमा क्यारियर टेक ग्रोथ कन्सल्टेन्सीमा पनि छापा मारको छ । छापा मार्दा कन्सल्टेन्सीबाट ३२ थान चेक, विभिन्न पाँचवटा बैंकको चेकबुक साथै वैदेशिक रोजगार ठगीको शंकास्पद कागजात समेत विभागले जफत गरेको जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस