
नारी बाटिका
पोखरा -३१ वैशाख ।
आज पोखरामा भएको बस दुर्घटनामा परी २६ जना यात्रु घाईते भएका छन् ।
साथै घाईतेमध्य ४ जनाको अवस्था गम्भिर रहेको छ । अघि दिउँसो पोखरा २२ स्थित विश्वशान्ति स्तूपबाट फर्किदैं गरेको यात्रुबहाक माईक्रोबस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका हुन् । बुधवार दिउँसो विश्वशान्तिस्तुपबाट फर्किने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको लागि एम्बुलेन्सहरु परिचालन गरिएको थियो । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाईतेहरु हताहत भएपछी तत्कालै उपचार र उद्धार गर्न प्रहरीको भ्यानले पनि उद्धार गरिएको थियो।
कास्की जिल्ला प्रहरी कार्यलयका अनुसार बसका यात्रुहरु अधिकांश भारतीय पर्यटक रहेको जनाइएको छ । घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ ।








प्रतिक्रिया दिनुहोस