आज: २०८२ श्रावण २३, शुक्रबार | Fri, 08, Aug, 2025

धादिङबाट पोखरा तर्फ लागेको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८२ बैशाख ३१, बुधबार मा प्रकाशित ( २ महिना अघि) ८०३० पटक पढिएको
नारी बाटिका



धादिङ ३१ वैशाख ।

बुधवार धादिङवेशीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

उक्त माइक्रोबस पोखरा महानगरपालिका–३२ मा दुर्घटनामा परी दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनु भयो ।

दुर्घटनाका मृतकहरुमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छ भने अन्य दुई जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

साथै सोही दुर्घटनाका घाइते आठ जनाको अहिले गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज दिउँसो हावाहुरीसंगै पानी परिरहेको समयमा दुर्घटना भएको हो।

उक्त माइक्रोबस दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%

प्रतिक्रिया दिनुहोस