
नारी बाटिका
काठमाडौं १ जेठ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका ११, सतुङ्गलस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । बिहीबार बिहान अ.सवा पाँच बजेतिर आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसरले जनाए अनुसार छवटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरी करिब ३ घण्टामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट के कति क्षति भयो सो को विवरण भने अझै प्राप्त भएको छैन ।
घटनाको जानकारी प्राप्तपछी आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी र प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।
यससंगै प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना र मातातिर्थबाट ४ जना प्रहरी खटिएका थिए ।








प्रतिक्रिया दिनुहोस