आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई आज स्वदेश फर्काइँदै

२०८२ जेष्ठ २, शुक्रबार मा प्रकाशित ( ४ महिना अघि) ५०८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२ जेठ ।

कम्पनी टाट पल्टेको भन्दै साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई आज स्वदेश फर्काउन लागिएको छ।

पछिल्लो समयमा रोजगारदाता कम्पनी नै टाट पल्टिएर कामविहीन भएका ४६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता गर्नु भन्दा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका छन्।

नेपाली कामदारले अनुरोध गरेकाले राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ। नेपाल फर्कन चाहनेहरुको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजात पठाइसकिएको नेपाली दूतावासले जनाएको छ।

साउदी अरबबाट नेपाल फर्कन इच्छुक नेपाली श्रमिकलाई र सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध तथा आवश्यक पहल गरिरहेको दूतावासले जनाएको छ।

नेपाल फर्किन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता र छलफल सकारात्मक रहेको बताएको छ।

काम बिहिन भई समस्यामा परेका नेपाली श्रमिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्य सम्बन्धी समस्या परेकाहरुले नेपाली राजदूतावासमा सम्पर्क गर्न भनिएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस