आज:  | Mon, 16, Jun, 2025

झ्याप्प् झ्याप् बिजुली गैरहने समस्या,तर निर्देशक शाक्य भन्छन् नेतृत्व फेरिएर समस्या आएको हैन “

३ जेष्ठ २०८२, शुक्रबार १४:३१ मा प्रकाशित ( १ महिना अघि) २९७७ पटक पढिएको
नारी बाटिका


नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य

काठमाडौं- २ जेठ ।

केही दिनदेखी धादिङ,काठमाडौं लगायतका देशका धेरै जिल्लाहरुमा मिनेट मिनेटमा झ्याप्प् झ्याप् बिजुली बत्ती गैरहने समस्या बढ्दै गएको छ । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने नेतृत्व फेरिएर विद्युत आपूर्तिमा समस्या नआएको दावी गरेका छन् ।

पछिल्लो समयमा संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको बताएका हुन्।

निर्देशक शाक्यले विगतमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताएका छन् ।

निर्देशक शाक्यका अनुसार बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी समेत गर्न भ्याए । यस्तो समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नु पर्ने बताए। समस्याको पहिचान भएको र त्यसलाई सुधार्ने तर्फ आफू लागिपरेको पनि उनको भनाई थियो।

यस्तै उनले प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा पनि लोडसेडिङ भयो भनेर हल्ला नफिजाउन भन्दै कार्यकारी शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै कुरा गर्ने बताए।

तर यसरी झ्याप्प् झ्याप् बिजुली गैरहँदा अफिस तथा व्यक्तिका घरमा प्रयोग भइरहेको कम्पुटर,प्रिन्टर,सिसिटिभी,मोवाइल,लयाप्टप लगायताका (इलेक्ट्रोनिक) सामानहरु जल्ने तथा बिग्रने समस्याले उपभोक्ताहरु भने आजित भैरहेको अवस्था छ ।

निर्देशक शाक्यको यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन भन्ने गैर जिम्मेवारीपुर्ण जवाफले यस्ता समस्या तत्तकालै समधान हुन नसक्ने उपभोक्ताहरुको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस