आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

बन्दसत्रबाटै अध्यक्ष भागेपछी अन्योलको अधिवेशनमा प्रतिनिधिको अलपत्र

२०८२ जेष्ठ ४, आईतबार मा प्रकाशित ( ४ महिना अघि) ६३२५ पटक पढिएको
नारी बाटिका



नवलपुर ४ जेठ ।

नेवार समुदायको राष्ट्रिय संगठन नेवा, देय दवुको अधिवेशन बन्दसत्रमा आएर रोकिए पछि ७७ जिल्लाबाट आएका प्रतिनिधि अलपत्र परेका छन् । नेवाः देयदवुको ८ औं महाधिवेशन गण्डकी प्रदेशको नवलपुर जिल्लाको डण्डामा भएको उद्घाटन सत्र र अमलटारी मध्यबर्ती सामुदायिक होमस्टेमा कार्यक्रमको आयोजना गरिएको थियो ।

थारु कल्चर हलमा भएको बन्द सत्र कार्यक्रम सुरु भएको केहि बेरमै कार्यक्रम रोकिएको थियो । रोकिएको बन्दसत्र संचालन होला भनेर प्रतिक्षामा रहेका प्रतिनिधिहरु राती अबेर सम्मपनि कार्यक्रम संचालन नभएपछी देशभरबाट अधिवेशनमा भाग लिन आएका करिव ५ सय प्रतिनिधिहरु अलपत्रै परेका हुन् ।

रोकिएको कार्यक्रम संचालन हुने नहुने कुनै सुचना समेत नेवाः देयदवुले नदिए पछि नयाँ नेतृत्व चयन गर्न आएका प्रति निधिहरु रातभरी अलपत्र परेर आज विहान आफ्ना घरतर्फ लागेको बताइएको छ । नेवाःदेयदवुका अध्यक्ष पबित्रमान बज्राचार्य एकाएक बन्द सत्र कार्यक्रम स्थलबाटै भागेको बताईएको छ अध्यक्ष कार्यक्रम स्थल नै नफर्की आफु बसेको थारु रिसोर्टबाट काठमाडौ भागेको उपस्थित प्रतिनिधिहरुले बताए ।

नेवास् देयदवुको ८ औं राष्ट्रिय अधिवेशन जेष्ठ २ र ३ मा भएको कार्यक्रममा देशभरबाट ५ सय प्रतिनिधिमा ४ सय १२ जना प्रतिनिधि उपस्थित थिए । प्रत्येक एक जना प्रतिनिधिबाट खर्च बापत ४ हजार रकम समेत असुल गरेको थियो ।

प्रतिनिधिहरुबाट असुल गरेको रकमबाट अध्यक्ष लगाएत केही पदाधिकारी महंगो रिसोर्टमा बसी बिभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुलाई भने खान बस्न समेतको असुविधाले आफु खुशि टाढाको होटलमा बस्न बाध्य भएको उपस्थित प्रतिनिधिहरुको गुनासो थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस