
नारी बाटिका
मोरङ -५ जेठ ।
मोरङको त्रिवेणी चोकमा आमा छोरा सवार मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।
आइतबार साँझ अ.७ बजे भएको दुर्घटनामा रतुवामाई नगरपालिका ५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।
रतुवामाई नगरपालिका(६ स्थित त्रिवेणी चोकमा भएको उक्त दुर्घटना आमा भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १.०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ ।
आफ्नै छोराले चलाएको मोटरसाइकल कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकमा आमा छोरा लडेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएको केही बेरमै चिकित्सकहरूले मृत घोषणा गरेका ह्न् ।
घटनापछि मोटरसाइकल चालक तथा मृतकका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस