आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

सडक निर्माण खाल्डोको पानीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

२०८२ जेष्ठ ७, बुधबार मा प्रकाशित ( ९ महिना अघि) ९८९० पटक पढिएको
नारी बाटिका


जनकपुर ७ जेठ ।

कमला नगरपालिका–२ मा सडक निर्माणको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

धनुषाको कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा ऋितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मंगलबार डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार कृषि बाटोको छेउमा रहेको निर्माणधिन सडकको खाल्डोमा जमेको पानीमा मंगलबार डुबेर दुवै जनाको मृत्यु भएका हुन्।

बालकहरु दिउँसो तिर घरबाट खेल्न निस्केका एकैघरका दाजुभाइका छोरा साँझ अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु खाल्डोमा डुबेर पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रवक्ता सिंहले जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस