आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्ग्सहित वर्षाको सम्भावना

२०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित ( ८ महिना अघि) ७९०६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ८ जेठ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यससंगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आज कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरपशचिम प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा पनि भईरहेको छ।

बिहिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश,लुम्विनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज देशका उच्च(पहाडी तथा हिमाली भू(भागका ‍एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना समेत रहेको छ। आज राती कोशी, मधेश, गण्डकी प्रदेश लगायतका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

यस्तै कोशी र ,मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी , बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी ,मधेश, गण्डकी, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशको एक दुइ स्थानमा र बाँकी प्रदेशका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस