आज:  | Fri, 23, May, 2025

आवासीय क्षेत्रमा विमान खस्यो, १५ घरमा आगलागी

१० जेष्ठ २०८२, शुक्रबार ०६:२५ मा प्रकाशित ( १६ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ९ जेठ ।

अमेरिकाको सान डिएगो भन्ने स्थानको आवासीय क्षेत्रमा विमान खरुदा १५ घरमा आगलागी भएको छ । बिहीबार बिहान एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको र उक्त स्थानमा धेरै घर तथा कारमा विमान ठोकिएर आगलागी भएको बीबीसीले जनाएको छ ।

आकाशमा उँडीरहेको एउटा सानो विमान बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा खसेको स्थानीय अधिकारीले बताएका छन् । विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ । सो दुर्घटनाका कारण धेरै ब्लकमा बस्ने अन्य स्थानीयवासीले समेत आफ्नो घर खाली गर्नु परेको थियो ।

यद्यपी हालसम्म दुर्घटनामा कोही घाइते भए वा विमानमा को(को सवार थिए भन्ने कुरा थाहा भइसकेको छैन । सङ्घीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलअनुसार ६ देखि ८ जनासम्म यात्रु बोक्न सक्ने बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस