आज:  | Fri, 23, May, 2025

तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध मुद्दा दर्ता हुँदै

१० जेष्ठ २०८२, शुक्रबार १०:३२ मा प्रकाशित ( १८ घण्टा अघि) २०१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ९ जेठ ।

सरकारको तर्फबाट काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्नविरुद्ध आज जिल्ला सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गर्ने भएको छ।

राजावादी समूहले गत चैत १५ गते उक्त स्थानमा भएको घटनामा परी पत्रकारसहित दुई जनाकोे ज्यान गएको थियो । सो घटनामा प्रहरीले अनुसन्धान सकेर बिहिबार सरकारी वकिललाई प्रतिवेदन बुझाएलगत्तै आजै सरकारी वकिलको कार्यालयले आजै अभियोजनको तयारीमा जुटेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले प्रमाणहरुको थप विश्लेषण भइरहेकाले भ्याएसम्म आज मुद्दा दर्ता हुने बताउनु भयो।

अपराधी घटनामा संलग्नहरुलाई संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न पाउने ६० दिनको अधिकतम म्याद सकिन लागेपछि चाँडो मुद्दा दर्ता गर्नुपर्ने दबाब बढेको छ। प्रहरीले ६० जनाभन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

त्यस समयका आन्दोलनका मुख्य नाइकेको आरोप लागेका दुर्गा प्रसाईंविरुद्ध कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर लगायत मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो। त्यस्तै, रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा अभियोग लगाउने तयारी गरिएको छ।

राजा फर्काउन भन्दै गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। कैयौँ भौतिक संरचनामा क्षति पुगेको छ। घटनामा संलग्न रहेको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेकोमा ५३ जना प्रहरी हिरासतमै छन्। अरु हाजिरी जमानीमा रिहा भएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस