
नारी बाटिका
तनहुँ- ११ जेठ ।
पृथ्वीराजमार्ग तनहुँको व्यास नगरपालिका(३ र ४ जोड्ने मादीस्थित नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार शनिबार राति अन्दाजी साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा जीप खसेको हो। उक्त दुर्घटनामा परी व्यास(नगरपालिका ५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको ज्यान गएको छ ।
सोही दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनु भयो। उक्त जीपमा पाँच जना सवार थिए ।
साथै घाइते भएका दुईमध्ये एक जनाको अवस्था गम्भीर छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (ई), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्।








प्रतिक्रिया दिनुहोस