आज:  | Thu, 29, May, 2025

नावालिकालाई सामुहिक बलात्कार गर्ने चार युवाहरु पक्राउ

१३ जेष्ठ २०८२, सोमबार ०६:३५ मा प्रकाशित ( ३ दिन अघि) १८३० पटक पढिएको
नारी बाटिका


उदयपु्र -१२ जेठ।

उदयपुको कटारी नगरपालिका वडा नं ४ गबुवामा एक १४ वर्षीय नावालिकालाई सामुहिक बलात्कार गर्ने ४ जना युवाहरु पक्राउ परेका छन् ।गत शुक्रवार राती ४ जनाले एक नाबालिकालाई जबरजस्ती करणी गरेको जानकारी प्राप्त भएपछी उनीहरुलाई पक्राउ गरिएको कटारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईँका अनुसार कटारी ४ बस्ने अत्यन्त गरिब परिवारकी एक नावालिकालाई प्रलोभनमा पारी मादक पदार्थ सेवन गराएर ४ जना युवाहरुले सामुहिक बलात्कार गरेको भन्ने उजुरी शनिवार कार्यालयमा प्राप्त भएपछि आवश्यक अनुसन्धान पश्चात् युवाहरुलाई पक्राउ गरिएको बताउनु भयो ।

नावालिकालाई मादक पदार्थ खुवाएर सामुहिक बलात्कार गरी युवाहरु आ आफ्नोघर गएको र नावालिकाका आफन्तहरुबाट घटनाका बारेमा अभिभावकलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आफ्नै साथीहरुको चिनाजानको माध्यमबाट युवाहरुको सम्पर्कमा पुगेकी नावालिकाको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र आर्थिक प्रलोभनमा पारेर घटना भएको हुन सक्छ ।

घटनामा संलगन भएकाहरु कटारी ४ गबुवाबाट वर्ष २५ को सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँका वर्ष २० को नवीन श्रेष्ठ,वर्ष २० कै जीव्न तामाङ, र वर्ष १९ को तर नाम नखुलाइएको अर्का एक युवा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका ४ जनालाई आइतबार उदयपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस