आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

२०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित ( ३ महिना अघि) ४४६५ पटक पढिएको
नारी बाटिका


नवलपरासी- १३ जेठ ।

नवलपरासीको (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका( ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। सोेही दुर्घनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।

आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मृत्यु हुनेृमा मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनु भयो ।

प्रहरी उपरीक्षक ढकालका अनुसार दुर्घटनामा बर्दघाट नगरपालिका(५ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्। घाइते घर्तीमगरको गम्भिर अवस्थामा र तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। दुवैलाई चिकित्सकले मृत घोषित गरे।

गम्भीर घाइते मनिषलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ। टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस