आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

११ डिआइजीको सरुवा, को(कहाँ पुग्नु भयो ? (सुचिसहित)

२०८२ जेष्ठ १६, शुक्रबार मा प्रकाशित ( ११ महिना अघि) १०१०७ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१६ जेठ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। शुक्रवार हालै बढुवा हुनु भएका डिआइजीहरूको व्यवस्थापन तथा सरुवा गरेको हो।

सरुवाको सुचि अनुसार सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन हुनु भएको छ। यसैगरी विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। त्यस्तै दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा हुनु भएको छ।

त्यसैगरी दीपक रेग्मी प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, माधव श्रेष्ठको कर्णाली प्रदेश कार्यालय सुर्खेत,दिलीपसिंह देउवाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रदेश समन्वय विभाग, ओमबहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

साथै जयराज सापकोटाको कार्य विभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग र सुरेन्द्र गुरुङको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ। सुचिसहित हुर्नु होस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस