
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं १९ जेठ ।
नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको फोटो राख्नु पर्ने धारणा राख्नु भएको छ ।
सोमबार अर्थ समितिको बैठकमा बोल्दै नेता थापाले आग्रह पूर्वाग्रहका सबैखाले पर्खाल भत्काएर शाहको फोटो नोटमा राख्न सुझाव दिनु भएको हो।उनको भनाइ थियो ’म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो।
तर पृथ्वी नारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अंकित गर्ने कामको थालनी गर्नुपर्छ।’
त्यस्तै उनले भने, ‘पृथ्वीनारायण शाहकै तस्बिर छैन के नोट ? एकीकरण पृथ्वीनारायण शाहले ठूलो देशको राजा हुनलाई थाल्नु भयो होला तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ।
त्यसो भएको हुनाले राष्ट्र एकीकरणकर्ताको फोटो नोटमा छाप्ने कुराले राष्ट्रबैँकको इज्जत बढ्छ देशको पनि इज्जत बढ्छ।’
साथै नेपाली नोटमा महामानव गौतम बुद्धको तस्बिर पनि सांसद थापाको राख्न सुझाव रहेको छ ।
नेपाली इतिहासमा मात्रै नभएर विश्व मै सान्ति दुत गौतम वुद्धलाई विश्वव्यापी रुपमा सम्मान गर्दछन् । झन् नेपाल मै जन्मिएका माहामानव वुद्धलाई नोटमा देख्न पाएनौं भने नोट के नोट ? ‘जुन तस्बिर नोटमा समावेश हुन्छन् ती तस्बिर बोकेर हिँड्दा नागरिकलाई गौरवबोध हुने खालको हुनुपर्छ भन्ने मेरो सुझाव छ।’ सांसद् थापाको भनाई थियो ।








प्रतिक्रिया दिनुहोस