आज:  | Fri, 06, Jun, 2025

धादिङमा पठाओ र ईन्ड्रईभबाट ठगि गर्ने ४ सवारी साधन कारवाहीमा

२२ जेष्ठ २०८२, बुधबार १२:५४ मा प्रकाशित ( २ दिन अघि) २१७१ पटक पढिएको
नारी बाटिका


धादिङ- २१ जेठ ।

पठाओ र ईन्ड्रईभ मार्फत सेवा दिएको भन्दै राइडरहरूले बढी भाडा असुलेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय धादिङले ४ सवारी साधनलाई कारवाही गरेको छ ।

प्रयोगकर्ताबाट Pathao तथा InDrive राइडरहरूले ठगी गर्न थालिएपछी  प्रहरीले विशेष कारवाही थालेको हो ।

प्रहरीद्वारा उनीहरुलाई चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट राइडरहरूले तोकिएको भन्दा बढी भाडा लिएको पुष्टि भएपछि ४ वटा सवारीसाधन नियन्त्रणमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले चेकजाँच गर्दा ती सवारी साधनहरूले यातायात व्यवस्था ऐन २०४९ उल्लङ्घन गरेको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एवं् प्रहरी नायव उपरीक्षक सुबास हमालले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस