आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

लागूऔषध नियन्त्रणका विषयमा संन्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम    

२०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ५०८५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ २१ जेठ ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा लागूऔषध नियन्त्रण,आत्महत्या रोकथाम तथा मनसुनजन्य विपद व्यवस्थापन सम्वन्धि सन्चारकर्मीसंग अन्तरक्रिया  कार्यक्रम, सम्पन्न गरेको छ ।
प्रशासन कार्यलय धादिङद्वारा आयोजित उक्त कार्यक्रममा सुरक्षा निकाय जिल्ला प्रहरी कार्यलयका प्रमुख दिपेन्द्र शाही,सशस्श्र प्रहरी बल धादिङका प्रमुख,भैरवदल गुल्म धादिङवेशीका प्रमुख  एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संन्चारकर्मीहरुले लागूऔषध नियन्त्रण लगयतका विषयमा समचार प्रकाशन प्रशारण गर्दा शब्द चयनमा ध्यान दिनु पर्ने कुराहरु,आत्महत्या जस्तो संवेदनशिल विषयको लेखनमा शब्दका गम्भिरयर्ता आदीमा पनि पत्रकारकारहरुको महत्वपुर्ण भुमिका रहने बताइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले लागूऔषधसँग सम्बन्धित विभिन्न दृश्र्यसहितका सचेतनामुलक विषय  समेटिएको प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी घिमिरेले लागूऔषध  कारण व्यक्ति,परिवार र समाजमा पार्ने नकारात्मक असर,परिवारमा हुने धन जनको क्षति आदीको बारेमा बताउनु भएको थियो ।
यसैगरी मानसिक स्वास्थ्य समस्याका कारण पछिल्लो समयमा हुने बड्दो मृत्युका दर, आदीको बारेमा छलफल भएको थियो ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रहरी सङ्गीत विद्यालय तथा आसरा सुधार केन्द्र लगायत अन्य उत्कृष्ट उपचार तथा पुनर्स्थापना केन्द्रहरु र कुलतमा फसेकाहरुलाई सफल पार्न सहयोग गर्ने खालको समचार लेखनबाट भुमिका खेल्न सकिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक दिपेन्द्र शाह लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोगलाई विश्वव्यापी चुनौतीका माझ समयमै रोकथाम र नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आह्वान गर्नु भयो ।
साथै उहाँले सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण जस्ता समाजमा ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उल्लेख गर्नु भयो ।
 लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार,स्थानीय तह र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुपर्ने बताउनु भयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै,प्रमुख जिल्ला अधिकारी, धादिङ अस्पतालका मानसिक रोग सम्वन्धि डा.लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नु पर्ने बताउनु भयो ।
नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उहाँले चर्चा गर्नु भयो । कार्यक्रममा लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समन्वय गरी लागूऔषधसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उल्लेख गर्नु भयो ।

दुर्व्यसन मुक्त समाज निर्माणका लागि सम्बद्ध सबै निकायहरु हातेमालो गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस