
नवलपरासी २३ जेठ ।
पश्चिम नवलपरासीको सुनवलमा आफ्नै छोराले बाबु र छिमेकीको हत्या गरेका छन् ।
सुक्रबार बिहान ११ बजे सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले आफ्नै ५० वर्षीय बाबु जयराम थारू र एक छिमेकी ७० वर्षीया वृद्ध नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको बताउनु भयो ।
घटनाको जानकारी पछी इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस