आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

भारतबाट फर्केका पाँच जना नेपालीमा कोरोना सक्रमण देखियो

२०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित ( १ साल अघि) १४६०२ पटक पढिएको
नारी बाटिका


कञ्चनपुर -२४ जेठ ।

भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्केका सुदूरपश्चिमका पाँच जनामामा कोरोनाको सङ्क्रमण देखिएको छ। सुक्रबार उक्त नाका हुँदै नेपाल फर्केका पाँचजना महिलाको ‘एन्टिजेन’ परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएको हो। उनीहरु मध्ये तीन जना कैलाली र दुई जना अछामका बासिन्दा हुन्।

हिजो सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शङ्कास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमितहरुलाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ।

यस अघिपनि यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। गततीन दिनदेखी भारतबाट फर्केका आठ जना नेपालीमा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए। संक्रमितहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको भनाइ छ।

साथै एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना परिक्षणका लागी काठमाडौँस्थित प्रयोगशालामा पठाइएको बताइएको छ। आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ।

केही समयदेखी नै सीमा नाकामा कोरोना परीक्षण गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै सक्रमितको संख्या बढेसंगै परिक्षणको लागी किट पनि थपिएको सूचना अधिकारी जोशीले जानकारी दिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस