आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

अमेरिकामा बस्ने एकै परिवारका चार नेपालीको घरभित्रै गोलि हानी हत्या

२०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित ( ३ महिना अघि) ५५८१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २४ जेठ ।

अमेरिकामा एकै परिवारमा चारजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन् । गएराति भर्जिनियामा बसोबास गर्दै आएका एकै परिवारका बाबुआमा र दुई सन्तानहरू मृत भेटिएका हुन् ।

स्थानीय प्रहरी अधिकारीका अनुसार राति करिब १०ः४० बजे लानाए लेनस्थित एक अपार्टमेन्टमा उनीहरूको मृत अवस्थामा शव भेटिएको थियो । उनीहरू लगभग ६ महिना अगाडि मात्र उक्त अपार्टमेन्टमा सरेर आएको नजिकका छिमेकीहरूले बताएका छन् ।

चारै जनालाई गोली लागेको पाइएको अमेरिकी सञ्चारमाध्यम एनबीसी वाशिङ्टन डटकम समचार स्रोतले छ । साथै घटनास्थलबाट एक हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय अमेरिकन प्रहरीले संक्षिप्त विज्ञप्तिमा जारी गर्दै ‘हालको प्रमाणका आधारमा यो घटना हत्या वा आत्महत्या हुन सक्ने देखिएको छ ।’ तर कसले किन गोली प्रहार गरेको भन्ने बारे प्रहरीले अहिलेसम्म स्पष्ट विवरण भेटिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस