आज:  | Sun, 08, Jun, 2025

बाजुरा बजारमा भएको आगलागीले ३५ पसल जल्ठेर नष्ट,८ करोड बढीको क्षति

२५ जेष्ठ २०८२, शनिबार १९:५३ मा प्रकाशित ( १३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बाजुरा -२४ जेठ ।

बाजुराको बुढीगङ्गा नगरपालिका(६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्। शुक्रवार ग्यासको सिलिण्डर पड्किएर लागेको आगोले बाम्का बजारमा रहेका सबै जसो पसल पूरै जलेर सखाप भएका छन्।

उक्त घटनाबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनु भयो । सुचना अधिकारी चौधरीका अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको सोही पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताइएको हो।

प्रहरीले गरेको प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको रु एक करोड ८० लाख क्षति भएको बताइएको छ। त्यस्तै आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउदको एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको छ ।

आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरीको भनाइ छ। आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ। घटना शुक्रवार अपराह्न ३स्३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो छ ।

“स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने स्थानीयको भनाई छ । आगलागीबाट पीडितहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस