आज:  | Mon, 09, Jun, 2025

कृषकलाई १३ लाख टन मल आवश्यक तर साढे ४ लाख टन मात्रै आयो

२७ जेष्ठ २०८२, सोमबार ०६:३५ मा प्रकाशित ( ११ घण्टा अघि) १७६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ २६ जेठ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्ने स्वीकार गर्नु भएको छ। यो वर्ष किसानलाई रासायनिक मल करिव १३ लाख टन आवश्यक पर्ने भएपनि तर साढे ४ लाख टन मल मात्रै प्राप्त हुने भएकोले सो बारेमा मन्त्री अधिकारीले किसानीलाई स्पष्ट पार्नु भएको हो।

आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस सम्वन्धमा स्विकार गर्नु भएको थियो। यस्तै अहिले उपलब्ध रासायनिक मलले सम्भावना सहज व्यवस्थापन हुन नसक्ने बताउँदै मन्त्री अधिकारीले रासायनिक मलका लागि आर्थिक रूपमा जति व्यवस्थापन हुनु पर्ने थियो, त्यो हुन नसकेको बताउनु भयो।

किसानीलाई आवश्यकता अनुसारको मल उपलव्ध हुन नसक्दा हाल प्राप्त भएको ४ लाख टन रासायनिक मलको सहज व्यवस्थापनमा समस्या आउनु स्वभाविकै भएको मन्त्री अधिकारीको भनाई छ । उहाँले हालै प्राप्त भएको रासायनिक मललाई निष्पक्ष साथ व्यवस्थापन गर्नको लागी आफुले प्रदेशलाई जिम्मेवारी सुम्पिएको र प्रत्येक स्थानीय तहमा आवश्यकताका आधारमा व्यवस्थापन भइरहेको बताउनु भयो।

मन्त्री अधिकारीले भन्नु भयो;तत्काललाई ‘रासायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था छैन। १३ लाख टन आवश्यक छ। हामीसँग अति हुँदा साढे ४ लाख टन मात्रै प्राप्त हुन्छ। त्यस कारण हामीले त्यो व्यवस्थापन गर्न सकेका छैनौँ। बजारमा जुन ढङ्गको आलोचना भएको छ, त्यसलाई हामी स्वाभाविक रूपमा स्वीकार गर्दै प्राप्त मल व्यवस्थापन गर्न प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौँ।’

उाँले बजेट अभावकै कारणले रासायनिक मलको समस्या सम्बोधन गर्न नसकिएको स्पष्ट पार्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस