
नारी बाटिका
नारी वाटिका संवाददाता
दाङ २६ जेठ ।
तुलसीपुर उपमहानगरपालिका(१३ बखरियास्थित सडकमा भएको बस दुर्घटनामा मृत्यु भएको छ ।
आइतबार बिहान ना.४ ख ४००९ नम्बरको बस र रा.१ क ८७० नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा उक्त बसमा सवार दंगीशरण गाउँपालिका(२ बस्ने ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.४ ख ४००९ नम्बरको बसमा सवार अन्य ११ जना मध्ये ७ जनाको मेडिकल कलेज कोहलपुर, र ३ जनाको सिटि अस्पताल तुलसीपुर र १ जनाको नागरिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी बारा, बारागढी गाउँपालिका(२ विसनपुर्वास्थित सडकमा विसनपुर्वाबाट दैर्वातर्फ जाँदै गरेको प्र।१(०५(००२ प १६२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका(२ विसनपुर्वा बस्ने ५५ वर्षीया गीता देवी चौधरीको आइतबार मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक फरार छन् । प्रहरीले फरार चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस