आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

मनसुनीवायु सक्रिय नहुंदा देशका अधिकांश भूभागमा अत्याधिक गर्मी

२०८२ जेष्ठ २७, मंगलबार मा प्रकाशित ( ७ महिना अघि) ८६१९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ जेठ ।

केही समयअघि नै मनसुनी वायु भित्रिएको दुई सातासम्म पनि सक्रिय नबन्दा देशका अधिकांश भूभागमा अत्याधिक गर्मी बढेको छ। जेठ १५ गते राति भित्रिएको मनसुनी वायुले शुरुका दिनमा कोशी प्रदेशमा भारी वर्षा गराए पनि त्यसपछिका समयमा भने देशका अधिकाँश भागमा पानी कम परेको कारण अत्याधिक रुपमा गर्मी बढेको हो।

जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाकका अनुसार मनसुन अन्यत्र पनि फैलिन नपाउँदै ब्रेक भएको बताएको छ। महाशाखाले शोमबार सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन भएको छ। मंगलबार पनि सोही हराहारीमा तापक्रम रहने अनुमान गरिएको छ।

त्यस्तै, सोमबार धनगढीमा ४०.२, भैरहवामा ४०, बाराको सिमरामा ३७.५, विराटनगरमा ३७, जनकपुरमा ३६।१ र धरानमा ३६ डिग्री सेल्सियस मापन भएको छ।

यस्तै शोमबार काठमाडौं उपत्यकामा अधिकतम तापक्रम हिजो ३१.६ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार पनि ३० देखि ३२ डिग्री सेल्सियस पुग्नसक्ने अनुमान गरिएको छ।

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन भएको छ भने एकदुई दिनमा मनसुन पुनः सक्रिय हुने मौसमविद्को भनाई रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस