आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

कक्षा ४ मा अध्ययनरत एक बालिका तीन दिनदेखि बेपत्ता

२०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित ( १0 महिना अघि) ८१२३ पटक पढिएको
नारी बाटिका


हुम्ला २८ जेम्ला ।

हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। यही जेठ २६ देखी पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बालिको बुबा देवी सिंहले बताएका छन्।

सुनसरी सिंह विद्यालय गएर घरफर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले जनाएका हुन्।

बालिका हराएपछी परिवार र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि निवेदन दिएको छ ।

बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए।

बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस