
नारी बाटिका
काठमाडौँ ३० जेठ ।
सुक्रबार धादिङको भल्टारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटना हुंदा ६ जना भएका छन् ।
आज १६ः४५ बजेको समयमा धादिङ जिल्लाको गल्छी गाउँपालिका ६ भल्टार स्थित पृथ्वीराजमार्गमा लमजुङबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ६९४ नं।को हाईस र विपरित दिशा काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको बाग्मति प्रदेश ०१(००६ ख ७१४१ नं.कोे हाईस एक आपसमा ठोक्क्एिर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी दुवै हाईसमा सवार ६ जना यात्रुहरू घाईते भई उपचारको लागी गल्छी स्थित अम्बेभरोसा अस्पताल पठाएको, छ । घटना स्थानमा प्रहरी चौकी गल्टिबाट चरी बहादुर तामाङको कमाण्डमा ट्राफिक सहित टोली खटिई गई घाईतेहरुको उद्धार गरिएको थियो ।
दुर्घटना भएको सवारी साधन प्रहरी चौकी गल्छीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवत्ता तथा सुचना अधिकारी सुवास हमालले बताउनु भयो । साथै उक्त स्थानमा बाटो अबरोध नभएको बताईएको छ ।








प्रतिक्रिया दिनुहोस