आज:  | Sun, 15, Jun, 2025

दुइ दिनमै चट्याङ लागेर मात्र १८ जना जना घाइते

१ असार २०८२, आईतवार ०६:३० मा प्रकाशित ( २१ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १ असार ।

पछिल्लो दुइदिनमा चट्याङ लागेर मात्रै १८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको संख्या अनुसार नेपालमा चट्याङबाट विगत दुइ दिनमै १८ जना घाइते भएका हुन्।

चट्याङका कारण घाईते हुनेमा सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा भएका घटना भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए।

केसीका अनुसार रोल्पामा मात्रै आठजना घाइते भएका छन्। रोल्पाको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा एकै विद्यालयका जना बालबालिका घाइते भएका हुन् । यस्तै रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट दुईजना घाइते भएका हुन्।

मकवानपुरको राक्सिराङमा दुई, प्यूठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरपालिकामा दुईजना चट्याङबाट घाइते भएका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एक,एकजना घाइते भएका छन्।

यसैगरी विभिन्न जिल्लामा ३० वटा विपद्का घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस