आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

आज फेरी केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना हुंदा ७ जनाको मृत्य

२०८२ अषाढ १, आईतबार मा प्रकाशित ( १ साल अघि) १३३९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं – असार ।

भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हेलिकप्टर दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक नाबालक बच्चा पनि परेका छन्।

आजै देहरादूनबाट केदारनाथ तर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। उक्त क्षेत्रको खराब मौसमका कारण दुर्घटना भएको सुरक्षाकर्मीको बनाई छ। ,‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दुस्खद खबर प्राप्त भएको छ।’ भनेर उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्।

उनका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।

घटनाको सम्वन्धमा भारतीय सञ्चारमाध्यमले जनाए अनुसार हेलिकप्टर नोडल अधिकारी राहुल चौबे र जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले नेपाली मूलका महिलाहरूले दुर्घटनाको बारेमा रिपोर्ट गरेको जानकारी दिए।

नेपाली मुलका महिलाहरु गौरीकुण्डमाथि घाँस काटिरहेका थिए । सोही समयमा उनीहरूले हेलिकप्टर दुर्घटना भएको देखेर तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस